पेरिस ओलम्पिक २०२४ को दक्षिण एसियाली छनोटअन्तर्गत पुरुषतर्फ फाइनलमा स्थान बनाउँदै नेपाली खेलाडी संयोक कपाली र स्यान्टु श्रेष्ठमध्ये एकको पेरिस ओलम्पिक स्थान पक्का भएको छ।
लैनचौरस्थित टेबलटेनिस हलमा भएको सेमिफाइनलमा विजयी हुँदै दुवै नेपाली खेलाडी फाइनलमा स्थान बनाउन सफल भएका हुन्।
केही समयपछि हुने फाइनल विजेता सीधै ओलम्पिकमा छनोट हुनेछ। दुवैले श्रीलंकन खेलाडीलाई पराजित गरेका थिए।नेपालले यो फाइनलसँगै इतिहासमै ओलम्पिकमा छनोट हुने तेस्रो खेलाडी पाउने भएको हो।
यसअघि नेपालबाट तेक्वान्दोका संगिना वैद्य र दीपक विष्ट मात्र सीधै ओलम्पिकमा छनोट भएका थिए।