गायक जनार्दन ढकालको गीत अभिलाषा सार्वजनिक भएको छ। उनको आफ्नै शब्द रचना र संगीतमा रहेको अभिलाषामा शाश्वत र कोवित बज्राचार्यको संगीत सम्पादन रहेको छ।
विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्षरत ढकालले पहिलो गीत बजारमा ल्याएका हुन्। यो गीत उनले आफ्नै युट्युब च्यानल जाम्युजिकबाट सार्वजनिक गरेका छन्।