सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरूमा दिवा खाजाको व्यवस्था गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।
हाल देशका केही स्थानीय तहले खाजा उपलब्ध गराए पनि सबै सामुदायिक विद्यालयमा खाजा कार्यक्रम सञ्चालन हुन सकेको छैन। आगामी आर्थिक वर्षमा सरकारले सबै आधारभूत तहसम्मका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना तय गरेको छ।
उक्त कार्यक्रमबाट सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्ने र दुर्गमका विद्यार्थी यसबाट बढी लाभान्वित हुने सरकारको अपेक्षा छ।