कान्ति बाल अस्पतालको पूर्वाधार विस्तार गर्ने घोषणा

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले कान्ति बाल अस्पतालको भौतिक पूर्वाधार विस्तार गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन्।

बालबालिकाको विशिष्टिकृत अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पतालमा हाल भौतिक पूर्वाधार र जनशक्तिको कमी हुँदा उपचारमा समस्या हुने गरेको छ भने उपचारका लागि आएका बिरामीलाई फर्काउनुपर्ने अवस्था छ।

अस्पतालको भौतिक पूर्वाधार विस्तारको कार्ययोजना तय गरी अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयलाई पेस गरिसकेको पनि छ। तर, सो कार्ययोजना स्वास्थ्य मन्त्रालयमै थन्किएको छ।

हाल कान्तिमा सबै प्रकारका गरी तीन सय २५ शय्या मात्र छन् । गत २२ पुसमा कान्ति बाल अस्पताल प्रशासन तथा विज्ञ टोलीले नयाँ कार्ययोजना तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयारी पारी स्वास्थ्य मन्त्रालयमा पेस गरेको थियो।

सुझावित समाचार