कपडामा पाँच किलो सुनको लेपन गरी तस्करी गर्ने दुई पक्राउ

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

कपडामा लेपन लगाएर सुनको तस्करी गर्न खोज्ने दुई भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । दुबईबाट आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार गणेशनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

भन्सारबाट पास भइसकेका उनीहरूलाई आगमनतर्फ टनेलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले लगाएको कपडामा ठूलो मात्रामा सुनको जलप भेटिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी कृष्णहरी शर्माले बताए । सुराकीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

गणेशनले  लगाएको टि–सर्ट, जिन्स पाइन्ट र अन्डरवेयरको तौल साढे दुई किलो थियो ।   सुरेश कुमारले लगाएको टि–सर्ट, जिन्स पाइन्ट र अन्डरवेयरको तौल पनि साढे दुई किलो रहेको प्रहरीले जनाएको छ ।

विमानस्थलको चेकजाँच छल्न यसरी कपडामै सुनको लपन लगाइएको हुनसक्ने प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले भन्सार कार्यालयलाई जिम्मा दिएको छ । 

See More On

सुझावित समाचार