गृहमन्त्रीमाथि संसदीय छानबिन नभए प्रदेश सभा चल्न नदिने कांग्रेसकाे चेतावनी

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिएका छन्।

सोमबारबाट सुरु भएको बागमती प्रदेश सभाको बजेट अधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेता लामाले यस्तो चेतावनी दिएका हुन्। उनले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै छानबिन समिति गठन नभए प्रदेश सभा चल्न नदिने चेतावनी दिए। 

‘विनाधितो, विनाजमानी सहकारीबाट करोडौँ रकम निकालेर अनियमितता गरेको आरोप लागेका गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ। आफू प्रतिपक्षमा हुँदा छानबिन हुनुपर्ने, आफू सरकारमा हुँदा नपर्ने। त्यसो हो भने संघमा जस्तै यहाँ पनि संसद् अवरुद्ध हुन सक्छ,’ उनले भने।

नेता लामाले प्रतिपक्षको आवाजलाई कमजोर नठान्न चेतावनी दिँदै जनताले दुःख गरेर जम्मा गरेको रकम हिनामिना गर्नेलाई कांग्रेसले त्यत्तिकै नछाड्ने बताए।

सुझावित समाचार