सभामुख देवराज घिमिरे र दलका सचेतकहरूबीचको बैठक सुरु भएको छ।
सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल गर्न दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लागेका हुन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पनि सहभागी छन्।
सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति माग गर्दै नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ। कांग्रेसको अवरोधबीच सरकारलाई तोकिएकै समयमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सहज छैन । संसद् सहज रूपमा चलाउन सहजीकरणका लागि सभामुखले छलफल थालेका हुन्।