वानीरा फाउन्डेसनले कलाकारिता क्षेत्रमा योगदान गरिरहेका तीन स्रष्टालाई पुरस्कृत गरेकाे छ।
फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शंकर गिरीले काठमाडौंमा आयोजित एक समारोहमा कविता, कथा, उपन्यास र समालोचनाको समृद्धिमा योगदान पुर्याएका पुष्कर लोहनीलाई 'वानीरा प्रज्ञा पुरस्कार', रंगमञ्च तथा चलचित्रकलामा विगत ६ दशकदेखि निरन्तरता दिएका मदनदास श्रेष्ठलाई 'वानीरा शंकर पुरस्कार' तथा कथा/कवितामा योगदान दिएकी अनिता तुलाधरलाई पुरस्कृत गरेका हुन्।
लोहनी र श्रेष्ठलाई एक लाख रुपैयाँ र तुलाधरलाई पचास हजार रुपैयाँ राशिसहित पुरस्कारले सम्मानित गरिएकाे हाे। वानीरा गिरीको २०७८ साल ९ जेठ कोरानाका कारण निधन भएको थियो।
कार्यक्रममा इन्दिरा प्रसाईंको सभापतित्वमा सञ्चालित समारोहमा पुरस्कृत हुने स्रष्टा पुष्कर लोहनी, मदनदास श्रेष्ठ, अनिता तुलाधर तथा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शंकर गिरी, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईंले मन्तव्य दिएका थिए।