संखुवासभाका विद्यार्थीलाई नेपाल एसबिआई बैंकको सहयोग

शुक्रबार, २१ बैशाख, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा रहेको श्री सिंहेश्वरी माविमा अध्ययनरत विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेको छ।

विद्यालयको कक्षा एलकेजीदेखि कक्षा चारसम्मका विद्यार्थीलाई बैंकले एक सय ५३ थान ट्रयाकसुट प्रदान गरेको हो। बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समयदेखि गर्दै आइरहेको जनाएको छ।

सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिङ सुरक्षा तथा सचेतनासम्बन्धी वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरिएको थियो।

उक्त कार्यक्रममा बैंकका धर्मदेवी शाखा प्रबन्धक सुशील निरौला, विद्यालयका प्रधानाध्यापक देवीमाया अधिकारी तथा बैंकका कर्मचारीहरू, विद्यलयका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवीलगायतको उपस्थिति रहेको थियो।

सुझावित समाचार