रातो मत्स्येन्द्रनाथको मूर्तिमा रंग लगाउन सुरु गरिएको छ। अर्को साता मच्छिन्द्रनाथको रथारोहणको साइत रहेकाले यही हप्तादेखि रंग लगाउने काम सुरु भएको हो। रंगरोगनका लागि औसतमा तीनदेखि चार दिनसम्म लाग्ने गर्छ।
रोगनका लागि सिम्रिक हिन्गु, सरेस, प्रशोधित चुन तथा मोहनी (गाँजल) र म्हैपी अजिमाबाट ल्याएको माटोको आवश्यकता पर्छ।
रंग लगाउनु अघि माटोले मच्छिन्द्रनाथको मूर्तिमा लेप लगाइन्छ। मत्स्येन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रंगको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ। रोगनपश्चात् मूर्ति दश कर्मको लागि तंः बहालस्थित मत्स्येन्द्रनाथ मन्दिरको एक कुनामा राखिन्छ।
तस्बिरहरू :
.jpg'_'.2024-05-03.jpg)
.jpg'_'.2024-05-03.jpg)
.jpg'_'.2024-05-03.jpg)
.jpg'_'.2024-05-03.jpg)
.jpg'_'.2024-05-03.jpg)
.jpg'_'.2024-05-03.jpg)
.jpg'_'.2024-05-03.jpg)
.jpg'_'.2024-05-03.jpg)
.jpg'_'.2024-05-03.jpg)
.jpg'_'.2024-05-03.jpg)