गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले शपथग्रहण गरेका छन् । बुढाथोकीले नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसँग शपथग्रहण गरेका हुन् ।
शपथग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले सफल कार्यकालको शुभकामना व्यक्त गरे । वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डेकिन्द्रकुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजीनामा दिएपछि रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले बुढाथोकीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।