मटिहानीका अग्निपीडित भेट्न चौथो दिन आइपुगे मुख्यमन्त्री यादव

शनिबार, १५ बैशाख, २०८१
डिजिटल संस्करण

बुधबार अपराह्न करिब १ बजे गुठी संस्थानको अधीनस्थ मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा बस्तीमा आगलागी हुँदा १०३ घरपरिवार विस्थापित भएको चौथो दिन मुख्यमन्त्री सरोजकुमार यादव पीडित भेट्न मटिहानी आइपुगेका छन्।

पीडित भेटेका मुख्यमन्त्री यादवलाई  सञ्चारकर्मीहरूले आउन किन विलम्ब भयो भन्ने प्रश्न गरे। उनले आगलागी भएको दिन आफू काठमाडौंमा रहेकोले साेही दिन आउन नसकेकाे जवाफ फर्काए।

मुख्यमन्त्री यादवले क्याबिनेट बैठक बसेर चाँडै मटिहानीका अग्निपीडितहरूको लागि राहत प्याकेज घोषणा गर्ने आश्वासन दिएर फर्किए। 
 

सुझावित समाचार