पहिलो पावर प्लेमा वेस्ट इन्डिजले जोड्यो ७७ रन

शनिबार, १५ बैशाख, २०८१
डिजिटल संस्करण

वेस्ट इन्डिज ‘ए’विरुद्धको खेलमा नेपालको बलिङ खर्चिलो देखिएको छ। पहिले पावर प्लेमा दुई विकेट निकाले पनि नेपालले ७७ रन खर्च गरेको छ।

६ ओभरको खेल सकिँदा कमलसिंह ऐरीले एक विकेट लिएका छन्। पहिलो विकेटका रूपमा जनसन चार्ल्स पेभेलियन फर्किएका थिए भने दोस्रो विकेटका रूपमा कमलकै बलमा आन्द्रो फ्लेचरलाइ राेहित पाैडेलले रनआउट गराए।

सुझावित समाचार