रुसी सेनामा कार्यरत नेपालीका परिवारको प्रदर्शन, १२ जना पक्राउ

बिहिबार, ६ बैशाख, २०८१
डिजिटल संस्करण

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका छन् ।

उनीहरूलाई सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको छ । अभियानकी संयोजक कृतु भण्डारीसहित १२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरूमा भण्डारीबाहेक राजकुमारी मगर (कास्की), सिरानी घर्ती (रुकुम), सुबिता मगर (रुकुम), चिनीमाया तामाङ (नुवाकोट), मैयाँ साइँली (उदयपुर), किसन थापा (सुर्खेत), सञ्जय श्रेष्ठ (काठमाडौं), टेक बटाला (अछाम), अपिल घिसिङ (तेह्रथुम), बुद्धिमाया ब्रामु (ललितपुर) र आठ वर्षीय विज्ञान ब्रामु छन् । 

उनीहरूले रुसी सेनामा रहेर मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल गर्न, घाइतेहरूलाई उपचार गर्न, बेपत्ताको स्थिति सार्वजनिक गर्न माग गरेका छन् ।

सुझावित समाचार