नेपालमै पहिलो ‘सावर बन्जी’ सुरु हुँदै

बिहिबार, २९ चैत, २०८०
डिजिटल संस्करण

पोखरामा हाइग्राउन्ड एडभेन्चर्सले नेपालमै पहिलोपटक सावर बन्जी सुरु गर्ने भएको छ । बन्जीमा हामफाल्दा पानीको फोहोराको मजा लिन पाइनेछ । 

हेम्जामा सञ्चालन गरिरहेको बन्जीमा ५० लाख लगानी थपेर फरक स्वाद पस्कने योजनाले सावर बन्जीको अवधारणा ल्याइएको हाइग्राउन्ड एडभेन्चर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक दिनेश महर्जनले बताए । 

‘विश्वकै दोस्रो र नेपालकै पहिलो सावर बन्जी सुरु गराउन पाउँदा हामी एकदमै एक्साइटेड छौँ,’ महर्जनले भने । ‘जम्मा ६ हजार पाँच सयमा फोटो, भिडियो र टिसर्टसहित बन्जी बुक गर्न सकिनेछ जसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुइतर्फी यातायातसमेत पाइन्छ ।’

सावर बन्जी विश्वमै अनौठो प्रोडक्ट हो । यसले पर्यटकीय राजधानीको क्रेज अझ बढाउनेमा दुई मत छैन । 

युरोपेली एडभेन्चर कम्पनी ‘बन्जी लाट्भिया’सँगको सहकार्यमा २०१४ नोभेम्बर १७ मा बन्जी जम्प सुरु गरिएको थियो । क्यान्टिलिभर ब्रिजको मोडेलमा बनाइएको यो नेपालकै पहिलो टावर बन्जी पनि हो । जोडीले अँगालो मारेर गर्ने टेन्डम बन्जी पनि नेपालमा हाइग्राउन्डले नै सुरु गरेको हो । 

कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल, साइनी खेतान र दिनेश महर्जनको लगानी रहेको छ ।

See More On

सुझावित समाचार