एसियाडमा रजत पदक विजेता एरिका सम्मानित

सोमबार, २६ चैत, २०८०
डिजिटल संस्करण

१९औँ एसियाली खेलकुदमा रजत पदक विजेता कराँतेकी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन्। अमेरिकामा रहेको च्याम्पियन मार्सन क्लब युएसएले सात हजार ११ अमेरिकी डलरसहित एरिकालाई सम्मान गरेको हो। 

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा आठौँ र नवौँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३औँ सागकी स्वर्ण विजेता अनु अधिकारी र विप्लभ श्रेष्ठ पनि सहभागी थिए। 

एरिका अमेरिकामा आयोजना भएको युएस च्याम्पियनसिप खेल्न त्यसतर्फ पुगेकी हुन् । प्रशिक्षक कुशल श्रेष्ठको प्रशिक्षणमा एरिकाले एक रजत र एक कांस्य पदक जितेकी थिइन्।
 

सुझावित समाचार