जिडब्लुएमका गाडीमा ‘सानदार नववर्ष २०८१’ अफर

बुधबार, २१ चैत, २०८०
डिजिटल संस्करण

लोकप्रिय ब्रान्ड जिडब्लुएमको नेपालका लागि आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक ‘सानदार नववर्ष २०८१’ योजना ल्याएको छ ।यो योजना जिडब्लुएमका लोकप्रिय मोडेल हाभल–एच सिक्स, जोलायन, इलेक्ट्रिक ओरा–०३ र पावर पिकअप गाडीमा रहेको कम्पनीले जनाएको छ । 

यो योजनामार्फत ग्राहकले विशेष लाभ पाउने कम्पनीले जनाएको छ । ओरा–०३ इभीमा भारी नगद छुट, फ्री एसेसरिज, एक वर्षसम्मको व्यापक बिमा र फास्ट चार्जरसहित पाँच  लाख रुपैयाँसम्मको फाइदा पाउनेछन् । त्यस्तै, हाभलका एच सिक्स र जोलायनमा ८.५ लाखसम्मको फाइदासहित नगद छुट, एक वर्षसम्मको व्यापक बिमा, एक्सचेन्ज बोनस र फ्री एसेसरिज साथै पावरमा १० लाखसम्मको फाइदासहित इलेक्ट्रिक सनरुफ, लेदर सिट्स, सिक्स एयरब्याग र रिभर्स पार्किङ क्यामरा समावेश छन् । 

जिडब्लुएम नेपालले अटोमोटिभ उत्साहीलाई उनीहरूको ड्राइभिङ अनुभवलाई खास बनाउने यो योजना ल्याएको बताइएको छ । यसमा प्रभाव र लक्जरीका फाइदा ल्याउने विशिष्ट सम्झौताका साथ यो नयाँ वर्ष विशेष बनाउने मौका प्रदान गरेको छ । ग्राहकले जिडब्लुएमको सोरुममा गई टेस्ट ड्राइभसमेत गर्न सक्ने कम्पनीले जनाएको छ । 

सुझावित समाचार