नबिल बैंकका अध्यक्षलाई मातृशोक

सोमबार, १९ चैत, २०८०
डिजिटल संस्करण

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ । अध्यक्ष पौडेलकी आमा सोमना पौडेलको आइतबार बिहान ८१ वर्षको उमेरमा चाबहिलको मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्वर्गीय सोमनाको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका तीन छोरा र दुई छोरी रहेका छन् । अध्यक्ष पौडेलका पिता मधुसूदन पौडेलको दुई वर्षअघि निधन भएको थियो ।

सुझावित समाचार