‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना सुरु

सोमबार, १९ चैत, २०८०
डिजिटल संस्करण

हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ नामक योजना ल्याएको छ । कम्पनीले सोमबारदेखि देशभर लागू हुने गरी प्रवद्र्धनात्मक योजना ल्याएको हो । योजनाअनुसार आफ्नो ग्राहकको यात्रा खास बनाउन यसपालि तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको कम्पनीको दाबी छ ।

‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ अन्तर्गत ग्राहकले कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने जनाइएको छ । यसका साथै योजनाअन्तर्गत ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने कम्पनीको भनाइ छ । 

आफ्ना ग्राहकका सन्तुष्टिका निमित्त हुन्डाईले सदैव समय सापेक्षिक ग्राहकलक्षित योजना सार्वजनिक गर्दै आइरहेको उल्लेख गरेको छ । यही क्रममा योजनाअन्तर्गत ग्राहकले स्क्र्याचको तीन गुणासम्म नगद छुट प्राप्त गर्न सक्ने जनाइएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको जनाएको छ ।

सबै हुन्डाई गाडीमा तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङ र इभी गाडीको ब्याट्रीमा आठ वर्ष र मोटरमा दुई वर्ष वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ । यो योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथा इभी गाडी खरिद गरी फाइदा लिन सकिने जनाइएको छ ।लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरि १७ सोरुम तथा १९ सर्भिस सेन्टर र ४५ भन्दा बढी चार्जिङ प्वाइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।
 

See More On

सुझावित समाचार