सभामुख र उपसभामुखले प्रमुख दलका सचेतकसँग छलफल गर्दै

शनिबार, १७ चैत, २०८०
डिजिटल संस्करण

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका समेचतकसँग छलफल गर्ने भएका छन्। शनिबार बिहान ११:१५ बजे सभामुख र उपसभामुखले संसद्को अवरोध, नयाँ कार्यतालिका, संसद्को प्रभावकारितालगायतका विषयमा छलफल गर्न लागेका हुन्।  

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका प्रमुख सचेतक र सचेतकहरूसँग सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल गर्दै छन्। 

सुझावित समाचार