नेपाल वित्त कम्पनी संघको धितो मूल्यांकनसम्बन्धी अन्तरक्रिया

बिहिबार, १५ चैत, २०८०
डिजिटल संस्करण

नेपाल वित्त कम्पनी संघको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा लिने धितो प्रयोजनका घरजग्गा मूल्यांकनका अभ्यासका विषयमा अन्तरक्रिया गरेको छ । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको भवनमा आयोजित कार्यक्रम विश्व बैंकका भूमिविज्ञ डेनिलो आर आन्टानियोको सहभागितामा भएको हो । 

कार्यक्रममा आन्टानियोले धितो मूल्यांकनका अभ्यासका बारेमा धारणा राखेको संघले जनाएको छ । कार्यक्रममा काठमाडांै विश्वविद्यालयका प्राध्यापक डा. सुवास घिमिरेले नेपालमा हाल भइरहेको घरजग्गा मूल्यांकनका अभ्यास र सुधारका उपायका बारेमा चर्चा गरेका थिए । 

अन्तरक्रियामा गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाले हाल धितो मूल्यांकनको महŒव र यसका लागि अपनाएका प्रक्रियाका बारेमा प्रकाश पारेका थिए । 

कार्यक्रममा नेपाल वित्त कम्पनी संघका परमर्शदाता, धितो मूल्यांकनकर्ता, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी, विभागीय प्रमुखका साथै संस्थाका अन्य कर्मचारीको उपस्थिति रहेको जनाइएको छ ।

See More On

सुझावित समाचार