घिउको सिसीमा लुकाएर ल्याएको चरेससहित दुईजना पक्राउ

आइतबार, २७ फागुन, २०८०
डिजिटल संस्करण

घिउको सिसीमा लुकाइछिपाई लिएर हिँडेको अवैध लागुऔषध चरेस प्रहरीले बरामद गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ मलेखुबाट चार किलो पाँच सय ३५ ग्राम चरेससहित प्रहरीले दुईजनालाई पक्राउ गरेको हो।

गजुरी गाउँपालिका– ५ मानेभञ्ज्याङबाट मलेखुतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३० प ७०२५ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

उनका अनुसार मोटरसाइकलचालक गजुरी– ४ का ३६ वर्षीय विजय प्रजा र सोही मोटरसाइकलमा सवार ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट चरेससहित नगद ३० हजार बरामद भएको छ।

सुझावित समाचार