लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त

बुधबार, २३ फागुन, २०८०
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्तका लागि सिफारिस गरेका छन्। 

बुधबार मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्तका लागि लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन्। अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकासमन्त्री कृष्णा केसीलाई बर्खास्तका लागि सिफारिस गरिएको मुख्यमन्त्री चौधरीले  बताए। 

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ। केन्द्रमा सत्तासमीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव लुम्बिनी प्रदेशमा पनि परेको छ। 

सुझावित समाचार