आफ्नै कार्यालयमा सञ्चालित क्यान्टिनलाई महानगरले तिरायो जरिवाना

आइतबार, २० फागुन, २०८०
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ। महानगरको कार्यालयमा सञ्चालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो।

महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासा आएका थिए। अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाले जानकारी दिए।

सुझावित समाचार