रुस–युक्रेन युद्धमा सहभागी नेपालीको उद्धार गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

बिहिबार, १७ फागुन, २०८०
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रतिनिधिसभा सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्।

मानव तस्करी गरी नेपालीलाई रुस–युक्रेन युद्धमा लगेको उल्लेख गर्दै राप्रपा सांसदहरूले यस विषयमा परराष्ट्र मन्त्रालय र सरकारको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको हो।

सांसद ज्ञानबहादुर शाही प्रस्तावक रहेको उक्त प्रस्तावको समर्थकमा विना लामा, अनिशा नेपाली र विना जैसवाल रहेका छन्।

सुझावित समाचार