राजेन्द्र महतोको नेतृत्वमा निषेधित क्षेत्र तोड्ने प्रयास, प्रहरीेले रोक्न खोज्दा घम्साघम्सी (फोटोफिचर)

बुधबार, १६ फागुन, २०८०
डिजिटल संस्करण

लोसपा छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका नेता राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौं प्रशासनले लगाएको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दा घम्साघम्सी भएको छ । 

कमलपोखरीबाट मार्चपास गर्दै भद्रकाली आएर निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरीसँग प्रदर्शनकारीको घम्साघम्सी भएको हो । 

सरकारले जारी गरेको निषेधाज्ञा तत्काल खुल्ला गर्न माग गर्दै प्रदर्शनकारीले नारा लगाउँदै प्रदर्शन गरेका थिए । उनीहरूले हामीलाई हाम्रै भूमिमा निधेष गर्न नपाइँदैन भन्दै विभिन्न ब्यानर र पोस्टर प्रदर्शनसमेत गरेका थिए । 

तस्बिरहरु : संजित परियार/नयाँ पत्रिका

सुझावित समाचार