नेपालले पाँच बलको अन्तरमा गुमायो दुई विकेट

मंगलबार, १५ फागुन, २०८०
डिजिटल संस्करण

विशाल लक्ष्य पछ्याउने क्रममा लगातार विकेट गुमाएपछि नेपाल मुस्किलमा देखिएको छ । नामिबियाविरुद्ध खराब ब्याटिङ क्रम जारी राख्ने क्रममा नेपालले केवल पाँच बलको अन्तरमा सन्दीप जोरा र विवेक यादवलाई गुमाएको छ । 

नेपालले सन्दीप जोरालाई १३.३ ओभर र विवेकलाई ४.२ ओभरमा गुमाएको हो । पाँचौँ विकेटका रूपमा सन्दीप पेभेलियन फर्केका थिए । उनलाई जान इटनले क्याचआउट गराए । 

ठूलो बाउन्ड्री लगाउने क्रममा उनी फ्रयाकिंनबाट क्याचआउट भए । सन्दीपले पाँच बलमा पाँच रन जोडे । 

नेपालले १४ ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनाएको छ । नेपाललाई ३१ बलमा ७१ रन आवश्यक छ । क्रिजमा दीपेन्द्रसिंह ऐरीले २० बलमा दुई चौकाको सहयोगमा २७ रन बनाएका छन् । विवेक यादव ६ रनमा आउट भए ।

सुझावित समाचार