नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका नयाँ शाखा थली र कमलविनायकमा

सोमबार, १४ फागुन, २०८०
डिजिटल संस्करण

 नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं १० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएकोे हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरे । उद्घाटनमा बोल्दै सिइओ पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । 

सुझावित समाचार