इराकको पोस्टमा दुई मिनेटभित्र सावित्राले गरिन् दुई गोल

बिहिबार, १० फागुन, २०८०
डिजिटल संस्करण

पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिप २०२४ को आफ्नो दोस्रो खेलमा पनि नेपालले उत्कृष्ट फुटबल पस्किएको छ। 

खेलको १६ मिनेटभित्रै नेपालले इराकको गोलपोस्टमा दुई गोल गरिसकेको छ। यसपटक पुनः सावित्रा भण्डारीले आफूलाई उत्कृष्ट प्रदर्शन गर्दै दुई मिनेटको अन्तरालमा दुई गोल गरेकी छिन्। 

१४औँ मिनेटमा नेपालले अग्रता लिएको थियो। मध्यभागबाट प्राप्त पासलाई एक्लै बल अगाडि बढाएकी सावित्राले इराकको पोस्टमा दोस्रो बारमा उत्कृष्ट फिनिसिङ गरिन्। 

त्यसको दुई मिनेटभित्रै १६ औँ मिनेटमा इराकी डिफेन्डरको गल्तीको मौका उठाउँदै सावित्राले पहिलो बारबाट बललाई जाली चुमाइन्। यसअघि सिरियासँगको खेलामा पनि नेपालले १९ मिनेटभित्र तीन गोलको अग्रता लिएको थियो। 

सुझावित समाचार