राजधानी आइपुग्यो मिटरब्याजपीडितको ‘न्याय मार्च’, २३ दिनदेखि पैदल यात्रा (फोटोफिचर)

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिँडेको २३औँ दिन आज साँझ मिटरब्याजपीडितहरू काठमाडाै‌ं आइपुगेका छन्। मिटरब्याजपीडितहरूले थालेको ‘न्याय मार्च’ नागढुंगा - थानकोट हुँदै राजधानी प्रवेश गरेकाे हो। 

न्याय मार्चको तेस्रो चरणअन्तर्गत राजधानीमा मार्च गर्ने मिटरब्याजपीडितहरूले जनाएका छन्। न्याय मार्चको क्रममा ६ वटा प्रदेशका २३ जिल्ला पार गरेर पीडितहरू काठमाडौं आइपुगेका हुन्। 

मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा पीडितहरूले पैदलयात्रा सुरु गरेका थिए । सरकारले मिटरब्याजपीडितको समस्या समाधान गर्न कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूका समस्या समाधान नभएको भन्दै पुनः न्याय माग्दै उनीहरूले यात्रा थालेका हुन् ।

तस्बिरू : संजित परियार/नयाँ पत्रिका ।

सुझावित समाचार