नेपालको १५ ओभरमा ८३ रन

बुधबार, ९ फागुन, २०८०
डिजिटल संस्करण
नेपालको १५ ओभरमा ८३ रन

तस्बीर : दीपेन्द्र ढुंगाना

आइसिसी विश्वकप लिग– २ अन्तर्गत चौथो खेलमा बुधबार त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियाविरुद्ध धैर्यपूर्वक ब्याटिङ गरिरहेको छ ।

कुशल भुर्तेल, अनिल शाह र देव खनालको विकेट लगातार गुमाउँदा नेपाल नामिबियाविरुद्ध संकटमा परेको थियो । तर, क्रिजमा ओपनर आसिफ शेख र कुशल मल्लले संयमित रूपमा ब्याटिङ गरिरहेका छन् । 

नेपालले १५ ओभरको खेलसम्म तीन विकेटको नोक्सानीमा ८३ रन जोडेको छ । शेखले ४९ बलमा आठ चौकाको सहयोगमा ४७ रन बनाएका छन् ।

आक्रामक सुरुवात गरेका बायाँहाते ब्याट्सम्यान कुशलले १९ बलमा दुई छक्काको सहयोगमा १७ रन जोडेका छन् । चौथो विकेटका लागि यी दुई ब्याट्सम्यानले ४१ रन जोडेका छन् ।
 

सुझावित समाचार