कांग्रेस महासमिति बैठक सुरु

सोमबार, ७ फागुन, २०८०
डिजिटल संस्करण

कांग्रेस महासमिति बैठक सोमबारबाट ललितपुरको गोदावरीमा सुरु भएको छ।

‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित आजबाट सुरु भएकाे महाधिवेशनको उद्घाटन सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्। 

उद्घाटनपछि हिमाल, पहाड, तराई र मधेशसहित चारवटा समूहमा विभाजन गरेर समूहगत छलफल सुरु हुनेछन्। बैठकमा प्रस्तुत हुने केन्द्रीय समितिबाट पारित पाँचवटा प्रतिवेदनमाथि छलफल हुनेछ। 

सुझावित समाचार