सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर आज सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा पत्रकारलाई भने प्रवेश निषेध गरिएको छ । भित्र कार्यक्रम चलिरहँदा पत्रकारहरू भने क्यामेरा डाउन गरेर गेटमा उभिन बाध्य भए । सरकारले निमन्त्रणा गरेकाबाहेक पत्रकारलाई भित्र छिर्न नदिएको बताइएको छ ।





