आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको सहज जित निकालेको छ। कीर्तिपुर मैदानमा नेपालले एक सय ३८ रनको लक्ष्य १५.२ ओभरमा एक विकेट गुमाएर भेट्टाएको हो।
यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा अल आउट हुँदै एक सय ३७ रन बनाएको थियो। नेपालको इनिङ्समा ओपनर आसिफ शेख र तेस्रो नम्बर क्रिजमा आएका अनिल शाहले अर्धशतक बनाए। यी दुईले दोस्रो विकेटको लागि एक सय ५ रनको साझेदारी गरे। सानदार सुरुवात गरेका कुशल भुर्तेल ११ बलमा दुई चौका र तीन छक्कासहित २८ रन बनाएर पेभिलियन फर्किएका थिए।
नेपाली टोलीले सानदार जित निकालेपछि मैदानमा देखिएका केही दृश्य हामीले कैद गरेका छौँ।
हेर्नुहाेस् तस्बिरहरू :
.jpg'_'.2024-02-17.jpg)

.jpg'_'.2024-02-17.jpg)
.jpg'_'.2024-02-17.jpg)
.jpg'_'.2024-02-17.jpg)
.jpg'_'.2024-02-17.jpg)
.jpg'_'.2024-02-17.jpg)
.jpg'_'.2024-02-17.jpg)
.jpg'_'.2024-02-17.jpg)
.jpg'_'.2024-02-17.jpg)
