गृह मन्त्रालयबाट प्रहरी समायोजन समिति गठन

शुक्रबार, ४ फागुन, २०८०
डिजिटल संस्करण

गृह मन्त्रालयले प्रहरी समायोजन समिति गठन गरेको छ । प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा मन्त्रालयले शुक्रबार समिति गठन गरेको हो । 

मन्त्रालयकै नीति तथा योजना महाशाखाका सहसचिव सहसंयोजक, नेपाल प्रहरीका डिआइजी, मन्त्रालयका उपसचिव सदस्य तथा प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्यसचिव छन् । 

प्रदेश सरकारहरूको दबाबपछि गृहले समायोजनको काम अघि बढाएको हो । तर, संघीय प्रहरी ऐन भने अझै आउन सकेको छैन ।

सुझावित समाचार