नेपालमा पहिलोपटक ‘टुरिजम हिरो अवार्ड्स २०२४’ आयोजना हुने भएको छ।
नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूमध्येबाट ३१ विधामा टुरिजम हिरो अवार्ड्स प्रदान गरिने ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले जनाएको छ।
अवार्ड विशुद्ध पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गर्न लागिएको काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले जानकारी दिए। आगामी ६ चैत (मार्च १९)मा काठमाडौंमा एक समारोहको आयोजना गर्दै सो अवार्ड्स हस्तान्तरण गरिने काउन्सिलले जनाएको छ।
होटेलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कुल ३१ विधामा पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। टुरिजम हिरो अवार्डको नोमिनेसन हिजो (मंगलबार)बाट खुला गरिएको छ।
टुरिजम हिरो अवार्ड्स २०२४ को आधिकारिक वेबसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जो कोहीले आफ्नो लागि वा अरूको लागिसमेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन्।