एसका कार्यकर्ता भ्रमबाट मुक्त हुनुपर्छ : ओली

बुधबार, २ फागुन, २०८०
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले माधव नेपालको भ्रमजालबाट नेकपा एसका नेता–कार्यकर्ता मुक्त हुनुपर्ने बताएका छन् । नेकपा एसका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठसहित दुई नेतालाई मंगलबार पार्टी प्रवेश गराउँदै ओलीले त्यस्तो बताएका हुन् । पोलिटब्युरो सदस्य प्रतापलाल र केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठलाई निजीनिवास बालकोटमा ओलीले पार्टी प्रवेश गराउँदै स्वागत गरे । दुवैजना तनहुँका नेता हुन् । प्रतापलाल तत्कालीन नेकपाका जिल्ला अध्यक्ष पनि थिए । 

देशको माया लाग्यो भन्दै नक्कली कुरा गरेर महाकालीका नाममा पार्टी फुटाएजस्तै माधव नेपालले आफ्नो सम्मान भएन, अपमान भयो भन्दै पार्टी फुटाएको र कम्युनिस्ट सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएको ओलीले आरोप लगाए । उनले नयाँ र पुराना मान्छेको मनोवैज्ञानिक अन्तरविरोधबाट मुक्त भएर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने काममा लाग्न पनि प्रवेशी नेताहरूलाई निर्देशन दिए ।

‘तपाईंहरूले जति ठूलो भारी बोक्न सक्नुहुन्छ, पार्टीले त्यति नै ठूलो भारी बोकाउँछ, तपाईंहरूले दिल खोलेर काम गर्न पाउनुहुन्छ, किनभने नेता–कार्यकर्ता जति धेरै सक्रिय बन्छन्, उनीहरूले जति ठूलो भारी बोक्छन् त्यति नै पार्टीलाई धेरै फाइदा हुन्छ,’ अध्यक्ष ओलीले भने । 
 

See More On

सुझावित समाचार