यातायात व्यवस्था विभागका महानिर्देशकलाई कार्यालयपरिसरमै मोसो

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई मोसो दलिएको छ। सोमबार एक समूहले उनलाई कार्यालयपरिसरमै मोसो दलेकाे हाे।  

सोमबार बिहान कार्यालय प्रवेश गर्ने क्रममा १० बजे गेटमै उनलाई मोसो दलिएको हो। सवारी लाइसेन्समा घोटाला गरेको आरोप लगाउँदै उनलाई मोसो दलिएको हो। 

यद्यपि, सवारी लाइसेन्स घोटालाको छानबिन उनी स्वयंले गराएका थिए। विभागको छानबिनबाट १० वर्षमा एक लाखभन्दा बढी नक्कली लाइसेन्स जारी भएको भेटिएको थियो। 

अनियमिततामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबीले छुट्टाछुट्टै रूपमा अनुसन्धान गरिरहेका छन्। महानिर्देशक रिजाललाई मोसो दलिएकोबारे अहिले प्रहरीले अनुसन्धान थालेको छ।

सुझावित समाचार