क्यानडाविरुद्ध नेपालको सुखद सुरुवात

बिहिबार, २५ माघ, २०८०
डिजिटल संस्करण
क्यानडाविरुद्ध नेपालको सुखद सुरुवात

क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाली ओपनर कुशल भुर्तेल । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाल र क्यानडाबीचको तीन एकदिवसीय क्रिकेट शृंखलाको पहिलो म्याच त्रिवि खेलमैदान कीर्तिपुरमा भइरहेको छ । 

पहिले टस जितेर ब्याटिङ गरेको नेपालले सुखद सुरुवात गरेको छ । १२औँ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६० रन बनाएको छ । 

नेपालका ओपनर आसिफ सेख आठ रन बनाएर आउट भए पनि अर्का ओपनर कुशल भुर्तेलले राम्रो सुरुवात दिलाएका छन् । नेपालले दसौँ ओभरको पहिलो बलमा ४८ रनको अवस्थामा आसिफलाई गुमाएको हो । 

कुशलले आक्रामक क्रिकेट खेलिरहेका वेला अर्को इन्डबाट सम्हालिएर इनिङ अघि बढाइरहेका आसिफ ठूलो सट हान्ने क्रममा उदय भगवानको बलमा नवनित धलिवालको हातबाट क्याच हुन पुगे । आसिफले २४ बल खेलेका थिए । 

अहिले क्रिजमा कुशलसँगै कप्तान रोहितकुमार पौडेल छन् । कुशलले ३६ बलमा चार रन बनाइसकेका छन् ।  

सुझावित समाचार