यो साता कारोबारको पहिलो दिन सामान्य अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अंकले बढेको छ। सोमबार नेप्से परिसूचक १४.५७ अंकले बढेर दुई हजार ७६.२७ को विन्दुमा कायम भएको हो।
आज सेयर बजारमा भएको कारोबार रकम रु. दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर छ। तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता सेयर ५६ हजार सात सय ७६ पटक किनबेच भएको हो।
होटेल तथा पर्यटन समूह ०.२०, उत्पादन तथा प्रशोधन समूह ०.०९, म्युचुअल फन्ड ०.०६ र निर्जीवन बिमा समूह ०.४१ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै अन्य समूहको उपसूचक ४.६८ प्रतिशतले बढेको छ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा ६.७८ प्रतिशतको गिरावट देखिएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. १८ करोड ५९ लाख पाँच हजार १४ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने ङादी पावर लिमिटेडको चार लाख ४७ हजार ६ सय ६७ कित्ता किनबेच भएको छ।