नयाँ पत्रिकाकर्मी तामाङ पुरस्कृत

सोमबार, २२ माघ, २०८०
डिजिटल संस्करण

प्रेस चौतारी नेपालको २६औँ स्थापना दिवसको अवसरमा हुम्लाका नयाँ पत्रिकाकर्मी नरजन तामाङ पुरस्कृत भएका छन् । 

चौतारी नेपाल हुम्ला शाखाले तामाङलाई ऊर्जावान, क्रियाशील पत्रकारका रूपमा पुरस्कृत गरेको हो ।  

स्थापना दिवसको अवसरमा सदरमुकाम सिमकोटमा सोमबार आयोजना गरिएको कार्यक्रममा तामाङलाई पाँच हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको प्रेस चौतारी हुम्लाका अध्यक्ष नन्द सिंंहले जानकारी दिए ।

दुर्गमका विकटताका चुनौतीसँग लड्दै लामो समयदेखि पत्रकारिता गरेकाले उक्त कार्यको सम्मान गर्दै नयाँ पत्रिकाकर्मी तामाङलाई नगदसहित सम्मान गरिएको अध्यक्ष सिंहले बताए । 

कार्यक्रममा पत्रकार तामाङ अनुपस्थित रहेकाले छोरी अस्मिताले पुरस्कार ग्रहण गरिन् । 

सुझावित समाचार