२८५ किलो गाँजासहित काभ्रेबाट तीनजना पक्राउ

सोमबार, २२ माघ, २०८०
डिजिटल संस्करण

काभ्रेको पनौती नगरपालिका– ५ आइटी पार्कस्थित पनौती–बनेपा सडक खण्डबाट दुई सय ८५ किलो गाँजासहित तीनजना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सोमबार पनौती–बनेपा सडकखण्डमा सवारी चेकजाँच गर्ने क्रममा बनेपातर्फ जाँदै गरेको बा.६च २९६ नम्बरको डिआई गाडीमा लोड गरी ल्याइएको अप्रशोधित (भर्खर काटेकोजस्तो हरियो देखिने) गाँजा प्लास्टिकका विभिन्न साइजको ७३ वटा बोरामा दुई सय ८५ किलो गाँजा र गाडीसहित तीनजनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा गाडीचालक नुवाकोट विदुर नगरपालिका– ११ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षका बुद्धमान तामाङ, रामेछापको रामेछाप नगरपालिका– ८ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने २० वर्षका सञ्जीव तामाङ र रामेछाप– ८ घर भई काठमाडौंको बालाजु डेरा गरी बस्ने ५३ वर्षकी विमला तामाङ रहेका छन्।

सुझावित समाचार