एक किलो चरेससहित धनगढीबाट बझाङका एक पक्राउ

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

लागुऔषध चरेससहित धनगढीबाट बझाङका एक पुरुष पक्राउ परेका छन्। बझाङको बित्थडचिर गाउँपालिका– २ का धनबहादुर बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रदेश अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले धनगढीको चौराहाबाट पक्राउ गरेको हो।

बोहराको साथबाट एक किलो ४२ ग्राम लागुऔषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मोटरसाइकलमा सवार बोहरालाई शंकाको आधारमा चेकजाँच गर्दा कार्टुनमा राखेको चरेस मोटरसाइकलमा लुकाएर लग्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

प्रहरीका अनुसार उक्त चरेस बझाङबाट ल्याइएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। बोहरालाई हिरासतमा राखेर यसबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

यसैगरी, प्रहरीले कैलालीमा लागुऔषध खैरो हेरोइनसहित अन्य दुई युवालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार नाकाबाट चार सय मिलिग्राम खैरो हेरोइनसहित ३२ वर्षीय रूपेश विक तथा जानकी गाउँपालिका–१ बाट स्थानीय २४ वर्षीय पदम खत्री एक सय ३० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। 

See More On

सुझावित समाचार