नाबालिकाको फेक आइडी बनाई चरित्र हत्या गर्ने ३७ वर्षीय पुरुष पक्राउ

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

नाबालिकाको नाम र तस्बिर राखी नक्कली फेसबुक अकाउन्ट बनाई चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले एक ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

फेक आइडी बनाई म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई अश्लिल म्यासेज पठाई मानसिक तनाव दिई चरित्र हत्या गरेको जाहेरीका आधारमा अनुसन्धानका क्रममा ब्युरोले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० मानाटोल स्थायी घर भएका ३७ वर्षीय राजकुमार महर्जनलाई पक्राउ गरेको हो।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा काठमाडौं महानगरपालिका–२७ भोटाहिटी चोकबाट माघ १८ गते पक्राउ गरेको ब्युरोले जनाएको छ। ब्युरोले काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाएको छ।

सुझावित समाचार