लर्ड बुद्ध एजुकेसनका एक सय ५० विद्यार्थी दीक्षित

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

सूचना प्रविधिसम्बन्धी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनबाट यो वर्ष एक सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्ड बुद्धबाट एमएस्सी, एमबिए, बिबिएम र बिएस्सीमा एक सय ५० जना विद्यार्थी दीक्षित भएका हुन् । 

काठमाडौंमा आयोजित कार्यक्रममा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरेको फाउन्डेसनले जनाएको छ । कलेजको २५ वर्षको इतिहासमा १३ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेको जनाइएको छ । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड इनोभेसनले मलेसियामा फाइभ स्टार र्यांक प्राप्त गर्न सफल भएको फाउन्डेसनको दाबी छ । सूचना प्रविधिसम्बन्धी सो विश्वविद्यालय विश्वका उत्कृष्ट विश्वविद्यालयमध्ये १६औँ स्थानमा पर्न सफल भएको जनाइएको छ । 

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले नेपालमा पढ्दै कमाउँदै नीतिलाई व्यावहारिक कार्यान्वयन गर्दै लगेको अध्यक्ष जालानले बताए । उनले भने, ‘लर्ड बुद्धबाट बाहिर निस्किएपछि प्रत्येक विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महसुस गर्नेछन् भन्ने विश्वास लिएको छु । स्वदेशमै प्रशस्त अवसर छ, सम्भावनाको ढोका खोल्ने पनि तपाईंहरू आफैँले हो ।’

See More On

सुझावित समाचार