लक्ष्य पूरा गर्ने अभिकर्तालाई नेसनल लाइफको भ्रमण योजना

शुक्रबार, १९ माघ, २०८०
डिजिटल संस्करण

कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्तालाई नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी लक्जरी टुर गराएको छ । जसअन्तर्गत कम्पनीले अभिकर्तालाई लुम्बिनी र पाल्पाको रानीमहल भ्रमण गराएको हो । कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा  प्रमुखहरू र देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनोट हुन सफल भएका चार सयभन्दा बढी वरिष्ठ अभिकर्ताहरू कार्यक्रममा सहभागी भएको जनाइएको छ ।

उक्त अवसरमा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेको कम्पनीले जनाएको छ ।

उपप्रमुख कार्यकारी अधिकृत कँडेलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताबीच एक–आपसमा अन्तक्र्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिवृद्धिमा समेत प्रत्यक्ष लाभ पुर्याउने बताए । त्यसैले कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताको उत्साहजनक उपस्थितिले योजना अत्यन्तै सफल भएको उनको भनाइ थियो । 

सुझावित समाचार