जितविहीन हुनबाट जोगियो कोशी

लुम्बिनीलाई १६ रनले हराउँदै कोशीले आफ्नो अन्तिम खेलमा एक मात्र जित हात पार्‍यो

बुधबार, १७ माघ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोतिगामा सहभागी १० मध्ये कोशीले खराब प्रदर्शन ४०औँ खेलमा समाप्त भएको छ । कोशीले आफ्नो अन्तिम तथा नवौँ खेलमा जित निकाल्न सफल भयो । लगातार आठ खेलमा पराजित कोशीले मंगलबार त्रिवि मैदानमा लुम्बिनीमाथि १६ रनको रोमाञ्चक जित निकाल्यो । यससँगै कोशीले एक जित र आठ हारका साथ प्रतियोतिगामा आफ्नो सहभागिता पूरा गरेको छ । लगातार खराब प्रदर्शनसँगै कोशी जितविहीन हुने अवस्थामा पुगेको थियो । तर, लुम्बिनीविरुद्ध सौजन घिमिरे ब्याटिङ र बलिङमा चम्केपछि कोशीले महत्वपूर्ण जित निकाल्न सफल भयो । तालिकाको पुछारमा रहेको कोशीले दुई अंक जोडेको छ । 

त्रिवि मैदानमा पहिलो ब्याटिङ गरेको कोशी ४४.४ ओभरमा एक सय ७२ रनमै अलआउट भएको थियो । सहज लक्ष्य पछ्याएको लुम्बिनी ४६.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५६ रनमा समेटियो । कोशीको जितमा सुजनले घातक बलिङ गरे । उनले ३१ रन खर्चेर तीन विकेट लिँदा एक मेडन ओभर पनि फ्याँके । यसैगरी, आभ्यास तिमिस्लिनाले ३९ रन खर्चेर दुई विकेट लिए । कमल खत्रीले तीन मेडन राखी ३० रन खर्चेर दुई विकेट हात पारे । 

चलेन लुम्बिनीको ब्याटिङ
लुम्बिनीले लक्ष्य पछ्याएको इनिङ्समा कुनै पनि समय चुनौती प्रस्तुत गर्न सकेन । निरन्तर रूपमा विकेट पतन हुँदा लुम्बिनी लक्ष्यसम्म पुग्न नसकेको हो । ओपनर मिर्नाल गुरुङ तीन रन तथा सम्राट भुसाल २६ रनमा रनआउट भए । मध्यक्रममा कप्तान सुशान्त थापाले १३ बलमा ११ रन तथा प्रज्वल थापाले पाँच बलमा दुई रन मात्र जोडे । इनिङ्सको १०.४ ओभरमा लुम्बिनीले प्रज्वललाई गुमाउँदा ४४–४ को अवस्थामा रह्यो । त्यसपछि दिल्साद अली र भरत भण्डारीबीच पाँचै विकेटका लागि ६३ रनको साझेदारी भयो । यी दुईबीचको साझेदारीले लुम्बिनीले जितको सम्भावनालाई जिवितै राखेको थियो । 

तर, अलीलाई तिमिल्सिनाले बोल्ड गरेपछि कोशी खेलमा फर्कियो । अलीले ६४ बलमा दुई चौकाको सहयोगमा ३२ रन जोडे । विराट ३१.१ ओभरमा आउट भए । उनलाई कमल कार्कीले क्याट आउट गराए । क्रिजमा सेट भइसकेका दुई ब्याट्सम्यान आउट भएपछि लुम्बिनीले बिस्तारै खेल गुमायो । विराटले ६० बलमा तीन चौकाको सहयोगमा २८ रन जोडे । कृष्ण कार्कीले २२ बलमा तीन चौका र एक छक्काको सहयोगमा २२ रन जोडे । 

यसअघि पहिलो ब्याटिङ गरेको सौजन घिमिरेले अन्तिमतिर कामेसीको ब्याटिङ सम्हालेका थिए । कोशीको ब्याटिङ इनिङ्समा उनी नै अन्तिम विकेटका रूपमा आउट भएका थिए । आठौँ क्रममा ब्याटिङ गरेका उनले ६९ बलमा समान दुई चौका र छक्का प्रहार गरी ४३ रन जोडे । कप्तान अंकित सुवदेीले ६५ बल सामना गरी नौ चौकाको सहयोगमा ४९ रन जोडे । उनी अर्धसतकीय इनिङ्स खेल्न एक रनले चुके । सो इनिङ्समा अंकित र सुजन थापलियाबीच पाँचौँ विकेटका लागि ३४ रनको साझदोरी भएको थियो । इनिङ्सको एक समयमा कोशी ७२–४ को अवस्थामा थियो । मिनस थापादे ३४ बलमा २५ रन जोड्न पाँच चौका प्रहार गरे ।

सुझावित समाचार