जर्मनीभर सार्वजनिक यातायात हडतालको आह्वान

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

जर्मन युनियन भर्डीले तलब र शर्तहरूमा बढ्दो विवादका बीच शुक्रबार  यातायात हडतालको आह्वान गरेको छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा सार्वजनिक यातायातमा हड्ताल आह्वान गरिएको हो ।

बस, ट्राम र भूमिगत सेवाहरू सञ्चालन गर्ने १३२ वटाभन्दा बढी स्थानीय कम्पनीहरूमा ९० हजार भन्दा बढी कामदारहरू वाकआउटमा सामेल हुने अपेक्षा गरिएको छ ।

गत साता हडतालमा गएको ड्यूश बानद्वारा सञ्चालित लामो दूरीका र क्षेत्रीय रेलहरू भने यो हड्तालले प्रभावित हुने छैनन् ।

सुझावित समाचार