रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १४ लाखकाे बिमा दाबी भुक्तानी

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमाबापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको छ।

गत मंसिर २२ गते मलेसियामा ज्यान गुमाएका सल्यानको कालिमाटी गाउँपालिका– ५ निवासी रामबहादुर घर्तिकी श्रीमती काशीमाया घर्तीलाई घरमै पुगेर कम्पनीको सुर्खेत शाखाले बिमा दाबी भुक्तानी गरेको हो।

मृतक बिमित रामबहादुरको बिमा रकम सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी तथा जनप्रतिनिधि निमबहादुर बुढामगरको रोहबरमा भुक्तानी गरिएको बताइएको छ।

सुझावित समाचार