नाडा र एसियाली विकास बैंकबीच छलफल

सोमबार, १५ माघ, २०८०
डिजिटल संस्करण

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका पदाधिकारीले एसियाली विकास बैंकका पदाधीकारीसँग नेपालमा विद्युतीय सवारीसाधनको प्रवद्र्धनका विषयमा छलफल गरेका छन् । नाडाका अध्यक्ष करण चौधरीको सक्रियतामा छलफल भएको हो । 

छलफलमा खासगरी नेपालमा अटोमोबाइल बजारको सम्भाव्यता, विद्युतीय सवारीसाधनको व्यवसायमा देखिएका चुनौती र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडि बढ्ने भन्ने विषयमा अर्कोपटक छलफल गर्ने तय भएको जनाइएको छ । 

उक्त प्रोजेक्टका तर्फबाट डा. सुमित पोखरेल, चन्दन सापकोटा रूपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति रहेको उल्लेख छ । त्यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवालको उपस्थिति रहेको नाडाले जनाएको छ ।
 

सुझावित समाचार